Wednesday, September 30, 2015

#BackOffIndia, a worldwide trend on twitter

#backoffindia twitter hashtag

काठमाडौं–भारतले नेपालको नयाँ संविधानप्रति असन्तोष जनाउँदै कुटनीतिक मर्यादा उल्लंघन गरेकोमा सामाजिक सञ्जालमा चर्को अालोचना भएको छ। संविधान जारी भएको २४ घण्टामा दुई अलग अलग विज्ञप्ति निकालेर भारतले नेपालमाथि राजनीतिक दवाब दिएको थियो। ट्विटरमा नेपालीले भारतको हेपाह प्रवृत्तिको व्यापक अालोचना गरेका छन्। नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई अाह्वान गरिएको ट्विटरमा ह्यासट्याग #BackOffIndia मध्यान्नसम्ममा वर्ल्डवाइड ट्रेन्डिङमा सातौं स्थानमा अाएको छ। नेपालका ट्विटर प्रयोगकर्तासँगै उल्लेख्य पाकिस्तानीहरूले पनि ट्विटरमा यो ह्यासट्याग उतारेर समर्थन जनाएका छन्।

No comments:

Post a Comment